सांकेतिक तस्वीर ।

हेटौँडा : ट्याङ्करको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा बैशाख ४ गते ट्याङ्करको ठक्करबाट घाइते भएका एकजना पैदलयात्रीको आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

भण्डाराबाट लोथरतर्फ जाँदै गरेको ना ७ ख ४८३४ नम्बरको ट्याङ्करकको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्री घाइते भएका थिए । उनको आइतबार बिहान ५ बजेर ५ मिनेटको समयमा नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन । गाडी प्रहरीको नियन्त्रणमा रहेको भने चालक बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२१ का ४१ वर्षीय रविशंकर प्रसाद कानुलाई जिम्मा लगाई छोडिएको प्रहरीले जनाएको छ ।