हेटौँडाः हेटौँडा–६ हातिलेटमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार धरान चतारा सडक खण्डमा हटियाबाट चौघडातर्फ जाँदै गरेको ना ५० प ३२०२ नम्बरको मोटरसाइकल र सोहि दिशामा जाँदै गरेको बा ७८ प ४५५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना परी ४५५६ नम्बरका मोटरसाइकल चालक मकवानपुरगढि –१ रानिसेरा बस्ने २५ वर्षीय लक्ष्मण तामाङ र पछाडी सवार निजकी श्रीमती २५ वर्षीय बिनिता तामाङ घाइते भएका हुन् ।
घाइते दुवै जनालाई हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । अर्का मोटरसाइकलका चालक हेटौडा –१६ स्थित रंगशाला चोक बस्ने ५० वर्षीय रामलाल पोखरेल हाल फरार रहेको निजको खाज तलास भइरहेको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल प्रहरी चौकी चौघडाको नियन्त्रणमा रहेको छ ।










