हेटौंडाः हेटौंडास्थित आइसोलेसन वार्डबाट सङ्कलन गरिएको ३ सय ४० स्वाबको नमूनाको रिपोर्ट आउन बाँकीे छ । हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट भदौ १६, १७ गते र आज सङ्कलन गरिएको स्वाब नमूनाको रिपोर्टमात्र आउन बाँकी रहेको हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलगाईले जानकारी दिनुभयो ।

हेटौंडाको कर्रा आइसोलेसनबाट भदौ १६ गते सङ्कलन भएको ८०, भदौ १७ गते सङ्कलन भएको ११५ र आज सङ्कलन भएको १ सय ४५ स्वाब नमूनाको रिपोर्ट आउन बाँकी छ । यसअघि स्वाबको नमूना धेरै सङ्कनल हुँदा समयमै रिपोर्ट आउन सकेको थिएन । आजसम्म हेटौंडाको कर्रास्थित आइसोलेसन वार्डबाट मात्रै ४ हजार ७ सय ४ स्वाबको नमूना सङ्कन भएको छ । उनीहरुमध्ये ९३ प्रतिशतको रिपोर्ट आइसकेको छ भने ७ प्रतिशत अर्थात ३ सय ४० जनाको रिपोर्ट आउन बाँकी भएको आइसोलेसनका निरीक्षक चौलागाईले बताउनुभयो ।