सांकेतिक तस्वीर ।

हेटौँडा : दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–३ एक्ले सल्लोस्थित सिंगटी–चरिकोट सडक खण्डमा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप जिल्लाको मन्थली नगरपालिका–१२, गेलुका ३० वर्षीय सुगम पौडेल (खत्री) रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार रातीको समयमा विन्दावासिनी निर्माण सेवाको नाममा दर्ता रहेको बा.प्र. ०१–००४ प ५४४० नम्बरको जेसीबी सडकबाट ७ मिटर तल दुर्घटना ग्रस्त भएको थियो । घटनाबारे आइतबार बिहान ६ बजेर ४५ मिनेटको समयमा खबर भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी टोली घटनास्थलमा पुग्दा चालक सुगम मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि चरिकोटस्थित पशुपति स्मृति चौलागाईं अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।