हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा आज कोरोना भाइरस सङ्क्रमित २२ जना थपिएका छन् ।
हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जारी गरेको विवरणअनुसार भदौ १५ गते सङ्कलित १४० स्वाब नमूना मध्ये २२ वटा नमूनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाइएको छ । ७ महिला र १५ जना पुरुष सङ्क्रमित पाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।