हेटौँडा : हेटौँडा–२ गणेश मन्दिर नजिकै भित्रि सडक छेउ रहेको टच टु ग्लो व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरलाई सञ्चालक भगवती श्रेष्ठले मानसचोकबाट दक्षिणतर्फ मेनरोडमा नयाँ स्वरुपमा तयार पार्नुभएको छ । १० वर्षदेखि सञ्चालनमा रहेको पार्लरलाई भगवतीले झण्डै १० लाख रुपैयाँ लगानी थपेर नयाँ स्वरुपमा तयार पार्नुभएको हो ।
श्रेष्ठको पार्लर शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभयो । वडाध्यक्ष विष्णुगोपाल महर्जनको पनि उपस्थितिमा उद्घाटन कार्यक्रम भएको हो । १० वर्षको अनुभव र सेवाग्राहीको विश्वासपछि लगानी थप गरेर व्यवसाय विस्तार गरेको सञ्चालक श्रेष्ठले बताउनुभयो । स्वरोजगारको रुपमा पार्लर सञ्चालन गर्दै आएको र पछिल्लो समय तालिम समेत प्रदान गर्दै आएकोले राम्रो आय भइरहेको उहाँको भनाई छ । पछिल्लो समय हेटौँडाका पुराना व्युटी पार्लरहरु तालिम प्रदायक संस्थाको रुपमा विकसित हुँदै आएको छ भने स्वरोजगारसँगै रोजगारीको अवसर पनि सिर्जना गर्दै आएको छ ।











