हेटौँडा : जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता-२०८२ मा बागमती प्रदेश व्याटिङ गर्दैछ ।

विभागीय टोली नेपाल पुलिस क्लब विरूद्ध बागमतीका कप्तान सन्दिप लामिछानेले टस जितेर व्याटिङ रोजेका छन् । खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेको छ । दुवै टोलीले जारी प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्दैछन् ।

दुई खेलबाट २ अंक जोडेको पुलिस क्लब अंक तालिकाको चौथो स्थानमा छ भने समान अंकसहित बागमती अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । अर्को खेल तल्लो मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब बीच भइरहेको छ ।