हेटौँडा : हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ (पीटीए) को अध्यक्षमा निकेशकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । शनिबार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय समिति गठन भएको हो ।
समितिको सदस्य सचिवमा विद्यालयका सहायक प्रधानाध्यापक भरत पोखरेल चयन हुनुभएको छ । सदस्यहरुमा देवेन्द्र सञ्जेल, विक्रम खतिवडा, निलप्रसाद न्यौपाने, राकेश श्रेष्ठ, जानकी श्रेष्ठ र विद्यालय शिक्षिका प्रमिला सुवेदी र संगीता गौतम चयन भएका छन् । यसैगरी विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिगदेल समितिको पदेन सदस्यमा चयन हुनु भएको छ । समितिले शैक्षिक गुणस्तर सुधारमा अभिभावक, विद्यार्थी र शिक्षकबीच पुलको भूमिका निर्वाह गर्ने प्रधानाध्यापक घिमिरे बताउनुभयो ।











