हेटौँडाः हेटौँडा–२, चौकीटोलस्थित ओम बृद्धाश्रममा दुई महिनामा २ लाख ७७ हजार रुपैयाँ नगद र खाद्यान्न प्राप्त भएको छ । आश्रममा माग र फागुन महिनामा २ लाख ७७ हजार ११ रुपैयाँ बराबर नगद प्राप्त भएको छ भने खाद्यान्न पनि प्राप्त भएको आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठले जानकारी दिनुभयो ।

आश्रममा माघ महिनामा एक लाख ७१ हजार ९४५ रुपैयाँ नगद र ५ बोरा चामल, १० किलो दाल र ३२ लिटर तेल सहयोग प्राप्त भएको थियो । फागुन महिनामा एक लाख ५ हजार ६६ रुपैयाँ नगद र २० बोरा चामल, ५६ किलो दाल र ३६ लिटर तेल सहयोग प्राप्त भएको आश्रमका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

आश्रममा जन्मदिन, विवाह उत्सव, वार्षिकोत्सवलगायत विभिन्न अवसरमा सहयोग प्राप्त हुँदै आएको छ । आश्रममा नगद, खाद्यान्न, खाना खुवाउनेलगायत सहयोग प्राप्त हुँदै आएको छ । हाल आश्रममा १९ जना पुरुष र १४ जना महिला गरी २३ जना आश्रित छन् ।