फुड बैंकमा खाद्यान्न लिन आएका एक व्यक्ति ।

हेटौंडाः मदन भण्डारी फाउण्डेशन मकवानपुरले हिजोबाट सञ्चालनमा ल्याएको ‘फुड बैंक’ बाट आज दोस्रो दिन ५३ जनाले खाद्यान्न सामग्री लगेका छन् । फुड बैंक व्यवस्थापनमा खटिएका स्वायंसेवक नवीन मिश्रका अनुसार फुड बैंकमा सहयोग गर्न भने कोही पनि आएका छैनन् ।

कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका मजदुर तथा विपन्न परिवारलाई लक्षित गरेर फुड बैंक सञ्चालन गरिएको हो । फुड बैंक बिहान ७ बजेदेखि ९ बजेसम्म कपुर कम्प्लेक्स अगाडि सञ्चालन गरिएको छ । फुड बैंकमा दाल, चामल, नुन, तेल, मसला लगायतका खाद्यान्न सामग्री राखिएको छ ।