मनहरीमा स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्डबाट आज ११ जना कोरोना सङ्क्रमितहरुको पुनः परीक्षण गर्न स्वाबको नमूना सङ्कलन गरिएको छ । उनीहरुमध्ये १ जना कर्रास्थित आइसोलेसन वार्डमा बसेकाको र अन्य १० जना होम आइसोलेसनमा रहेकाहरुको स्वाबको नमूना सङ्कलन गरिएको आइसोलसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

त्यस्तै आज ७० जना नयाँ व्यक्तिहरुको स्वाबको नमूना सङ्कलन गरेर सबैको कोरोना परीक्षण गर्न हेटौंडा–१० स्थित प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको छ ।

यसैगरी मकवानपुरको मनहरी गाउँपालिका–७ बाट आज १२ जना नयाँ व्यक्तिहरुको स्वाबको नमूना सङ्कलन गरेर हेटौंडा–१० मा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षण गर्न पठाइएको छ । मनहरी गाउँपालिकाले सङ्क्रमितको पहिचान भएकाहरुको कन्ट्याक्टमा आएकाहरुको स्वाबको नमूना सङ्कलन गरेर परीक्षण गर्न पठाएको मनहरी गाउँपालिकाका सिनियर अहेव ज्योतिराज लुइटेलले जानकारी दिनुभयो ।