सांकेतिक तस्वीर ।

हेटौँडा : चितवनमा ट्रिपरको ठक्करबाट घाइते भएकी पैदलयात्रुको उपचारको क्रममा मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन जिल्लाको राप्ती नगरपालिका–५, भण्डाराचोकमा आइतबार ना ७ ख ८६५२ नम्बरको ट्रिपरले ठक्कर दिँदा राप्ति–११ की ६० वर्षीया दुधुमाया तामाङ घाइते भएकी थिइन ।

घाइते तामाङको मंगलबार राती पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । ट्रिपर डडुवाबाट भण्डारातर्फ जाँदै गरेको थियो । चितवन मेडिकल कलेजमा उपचारपश्चात डाक्टरले उनलाई पुरानो मेडिकल कलेज भरतपुर रिफर गरेको थियो । प्रहरीले ट्रिपर र ट्रिपर चालक भरतपुर महानगरपालिका–३, बाह्रघरेका ३३ वर्षीय बुद्धिमान सुनारलाई नियन्त्रणमा लिएको छ ।