हेटौँडाः कारले ठक्कर दिँदा एक जना पैदलयात्रुको मृत्यु भएको छ । कारको ठक्करबाट घाइते भएका नाम थर वतन नखुलेको एकजना पुरुषको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार चितवनको भरतपुर महानगरपालिका –७ सिर्जना चोकमा बागमती प्रदेश ०१–००३ प ४२९० नम्बरको कारको ठक्करबाट पैदल यात्री तराई मूलको जस्तो देखिने अन्दाजी २०/२१ वर्षीय पुरुष घाइते भएका थिए । घाइते पुरुषको सरकारी अस्पताल भरतपुरमा उपचारमा क्रममा सोमबार राति ११ बजेर ५५ मिनेटको समयमा मृत्यु भएको हो । कार र कार चालक भरतपुर –२ बस्ने २० वर्षीय निर्मल मल्ल जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको छ । मृत्तको सनाखत हुन बाँकी रहेको प्रहरी जनाएको छ ।











