हेटौँडा : बागमती प्रदेश निर्वाचन कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूर्ण सरोकारवाला निकायहरूलाई धन्यवाद व्यक्त गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा आयोजित ‘प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ समीक्षा तथा धन्यवाद कार्यक्रम’ मार्फत कार्यालयले आभार प्रकट गरेको हो ।
मकवानपुर जिल्लामा मंगलबार समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको छ । गत माघ २ गते जिल्ला निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै सुरु भएको निर्वाचन प्रक्रिया अहिले विधिवत रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनको संक्षिप्त समीक्षा प्रस्तुत गर्नुभयो । समीक्षा कार्यक्रममा निर्वाचनका क्रममा देखिएका चुनौती, सिकिएका पाठ र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूबारे पनि छलफल गरिएको थियो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरमा प्रत्यक्षतर्फ १ लाख ८६ हजार ९५९ जनाले मतदान गरेका थिए भने समानुपातिकतर्फ १ लाख ८८ हजार २६६ जना मतदाताले मतदान गरेका थिए । मकवानपुर जिल्लामा प्रत्यक्षतर्फ कुल ३ लाख १५ हजार ३३४ जना मतदातामध्ये ५९ दशमलव २९ प्रतिशत र समानुपातिकतर्फ कुल मतदाता ३ लाख १८ हजार ६४१ जनामध्ये ५९ दशलव ०८ प्रतिशत मतदाताले निर्वाचनमा भाग लिएका थिए । यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५९ दशमलव ०८ प्रतिशत र समानुपातिकतर्फ ५९ दशमलव ०६ मत खसेको थियो ।
मकवानपुर जिल्लामा दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको छ । फागुन २१ को निर्वाचनमा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ कुल १ लाख ५८ हजार ४३५ मतदाताको ६० दशमलव ४९ प्रतिशत अर्थात ९५ हजार ८४३ मत खसेको थियो । जसमध्ये ९० हजार ७२५ (९४ दशमलव ६६ प्रतिशत) मत सदर हुँदा ५ हजार ११८ (४ दशमलव ३४ प्रतिशत) मत बदर भएको थियो । यसैगरी, समानुपातिकतर्फ १ हजार ६१ हजार ५५१ जना मतदातामध्ये ५९ दशमलव ७१ प्रतिशत अर्थात ९६ हजार ४५८ जनाले मतदान गरेका थिए । जसमध्ये ९३ हजार ७१ (९६ दशमलव ४९ प्रतिशत) मत सदर हुँदा ३ हजार ३८७ (३ दशमलव ५१ प्रतिशत) मत बदर भएको थियो ।
यस्तै, क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ कुल १ लाख ५६ हजार ८९९ जना मतदातामध्ये ५८ दशमलव ०७ प्रतिशत अर्थात ९१ हजार ११६ जनाले मतदान गरेका थिए । जसमध्ये ८५ हजार ६१९ मत (९३ दशमलव ९७ प्रतिशत) सदर हुँदा ५ हजार ४९७ मत (६ दशमलव ०३ प्रतिशत) बदर भएको थियो । समानुपातिकतर्फ पनि करिब ५९ प्रतिशत अर्थात कुल १ लाख ५७ अजार ९० मतदातामध्ये ९१ हजार ८०८ जनाले मतदान गरेका थिए । जसमध्ये ८७ हजार ७३८ मत (९५ दशमलव ५७ प्रतिशत) सदर हुँदा ४ हजार ७० मत ( ४ दशमलव ४३ प्रतिशत) बदर भएको थियो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा क्षेत्र नम्बर १ का २३ जना उम्मेदवारमध्ये १८ जनाको धरौटी जफत भएको छ । क्षेत्र नम्बर २ का २१ जना उम्मेदवारमध्ये १७ जनाको धरौटी जफत भएको छ । फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा क्षेत्र नम्बर १ मा ६२ वटा र क्षेत्र नम्बर २











