हेटौँडा : पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा मकवानपुर नुवाकोट विरुद्ध व्याटिङ् गर्दैछ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा मकवानपुरले टस जितेर व्याटिङ रोजेको छ । लगातार दुई खेलमा हार व्यवहोरेका दुवै टोली आज पहिलो जितको खोजीमा मैदान प्रवेश गरेका छन् । मकवानपुर अंक तालिकामा पाचौँ स्थानमा छ भने नुवाकोट छैठौँ स्थानमा रहेको छ ।

यसअघि मकवनपुर भक्तपुरसँग ४१ रनले र नुवाकोट चितवनसँग १ सय ७७ रनले पराजित भएको थियो । यसैगरी काठमाडौंले नुवाकोटलाई ५९ रनले र मकवानपुरलाई ५ विकेटले हराएको थियो ।