हेटौँडा : पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिता मकवानपुरले फिल्डिङ गर्दैछ ।

प्रतियोगिताको पहिलो खेलमा मकवानपुरले टस जितेर भक्तपुर विरुद्ध फिल्डिङ रोजेको छ । भक्तपुरको यो दोस्रो खेल हो । यसअघि सोमबार भएको खेलमा भक्तपुर ललितपुरसँग २३ रनले पराजित भएको थियो । मकवानपुरले सुमन सुनारको कप्तानीमा खेलिरहेको छ ।