स्वास्थ्य तथा शैक्षिक सामग्री हस्तान्तरण गरिँदै ।

हेटौँडा : विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज हेटौँडाको आयोजनामा स्वास्थ्य तथा शैक्षिक सामग्री र आयो नुन वितरण गरिएको छ । रेडियोले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार चौथो दिन मकवानपुरगढी गाउँपालिका–५, बुङ्दलस्थित सरस्वती प्राथमिक विद्यालयमा पुगेर बालबालिकाहरुलाई उक्त सामग्री वितरण गरेको हो ।

कार्यक्रम रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षता तथा साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेड हेटौँडाका प्रमुख मधुसुधन अधिकारीको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेड हेटौँडाका प्रमुख मधुसुधन अधिकारीले नुनको सही प्रयोग गर्न आवश्यक रहेकोमा जोड दिए । आयोडिनयुक्त नुनको सही प्रयोगले कुनै स्वास्थ्य समस्या नआउने र दुई बालबालिका अंकित आयोडिनयुक्त नुन सेवन गर्न पनि आग्रह गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर रुम्बा, विद्यालयका प्रध्यानाध्यापक चर्तुभूज पौडेल, साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेड हेटौँडाका प्रतिनिधि बासुराम अधिकारीलगायत शिक्षक–शिक्षिका एवम् अभिभावकहरुको उपस्थिति रहेको थियो । रेडियोले आफ्नो वार्षिकोत्सवको अवसरमा फागुन १ गते हेटौँडा उपमहानगरपालिका–१ स्थित नेपाल फलफूल तथा तरकारी बजारमा सरसफाई कार्यक्रम, फागुन २ गते हेटौँडा–४ हुप्रचौरमा पत्रकार महिला र अधिकारकर्मी महिलाहरुबीच मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो भने फागुन ३ गते थाहा दर्शन कार्यक्रमको आयोजना गरेको थियो । यस्तै आज मंगलबार श्रोता मिलन कार्यक्रम, भोलि बुधबार हेटौँडा ऐकेडेमीको सहकार्यमा बाल साहित्य कार्यक्रम र पर्सी बिहीबार थाहा वर्ष सम्मान तथा समापन समारोह कार्यक्रम हुनेछ ।