सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, बेलचोकस्थित मानवसेवा आश्रममा आश्रित एक जना वृद्धको मृत्यु भएको छ । माघ १४ गते देवचुली नगरपालिकाबाट बिरामी अवस्थामा उद्दार गरी आश्रममा राखिएको नाम थर नखुलेका ७३ वर्षीय वृद्ध रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

वृद्धको मंगलबार बिहान ७ बजेर १५ मिनेटको समयमा आश्रममा नै मृत्यु भएको थियो । मुुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।