हेटौँडा : सिसि क्यामरा उत्पादक कम्पनि टियान्डीले सीसी क्यामरा विक्रेता व्यवसायी र सीसी क्यामरा जडानमा खटिने प्राविधिकका लागि एक दिवसीय कार्यशालाको आयोजना गरेको छ । शनिबार हेटौँडामा कार्यशाला भएको हो । टियान्डी ब्राण्डका सीसी क्यामराको मकवानपुरका लागि आधिकारिक विक्रेता स्टार कम्प्युटर सिस्टमको आयोजनामा कार्यशाला भएको हो ।

स्टार कम्प्युटर सिस्टमका सञ्चालक शिव श्रेष्ठको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय सदस्य श्यामकल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यशालाको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा टियान्डी नेपालका प्रमुख नवीन भण्डारीले कम्पनिबाट उत्पादित सीसी क्यामरा र यसको जडानसम्बन्धमा प्राविधिक तथा विक्रेतालाई अभिमुखीकरण गर्दै व्यवसाय विस्तारको योजना बनाएको बताउनुभयो । चिनियाँ कम्पनिले उत्पादन गरेको टियान्डी सिसि क्यामरा गुणस्तरीय भएको प्राविधिकहरुले जनाएका छन् । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका सचिव रुपक राज दाहाल, इक्यान मकवानपुरका अध्यक्ष बेलप्रसाद खतिवडाको पनि आतिथ्य रहेको थियो ।