हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित बालजीवन ज्योति माध्यमिक विद्यालयका पूर्वविद्यार्थी संगठित भएका छन् । शुक्रबार विद्यालय परिसरमै भएको पूर्वविद्यार्थीको भेलाले रामशरण रिजालको अध्यक्षतामा पूर्वविद्यार्थी समाज गठन गरिएको हो ।
पूर्वविद्यार्थी भेलाले उपाध्यक्षमा महेश खुलाल र रश्मि दर्जी, सचिवमा डीबी अर्याल, सहसचिवमा पुरुषोत्तम थापा र कोषाध्यक्षमा सविना विडारी चयन हुनुभएको छ । सदस्यमा बद्रिप्रसाद उप्रेती, रामकुमार उप्रेती, होमप्रसाद अधिकारी, बालकृष्ण अधिकारी, चन्द्रबहादुर गोले, परमेश्वर बर्तौला र बद्री नेपाली चयन हुनुभएको छ । पूर्वविद्यार्थी भेलामा वडाध्यक्ष शिवप्रसाद खनाल, विद्यालयका प्रधानाध्यापक एकराज गौतमको पनि आतिथ्य रहेको थियो ।











