हेटौंडाः साल्ट ट्रेडिङ कर्पोरेसनले आज मकवानपुरमा एक सय पाँच टन युरिया मल वितरण गरेको छ । जिल्लाका विभिन्न सहकारीलाई साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारी सहुलियत अनुदानको युरिया मल वितरण गरेको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड हेटौंडाका शिव श्रेष्ठका अनुसार यसअघि साल्ट ट्रेडिङ कर्पोरेशनले भदौ ६ गते र साउन २६ गते पनि युरिया मल वितरण गरेको थियो । अहिले वर्षे धानमा मल हाल्न समस्या भएको भन्दै देशभरका किसान चिन्तामा छन् । आज वितरण गरिएको मल पनि पर्याप्त नभएको साल्ट ट्रेडिङ कर्पोरेसनका शिव श्रेष्ठ बताउनुहुन्छ ।
हेटौंडा बजारक्षेत्रका चारवटा सहकारीले आज बिहान युरिया मल विक्री गरेको थियो । सहकारीले मल विक्री गर्न सुरु गरेसँगै किसानहरु मल खरिद गर्न आउने भीड नै लागेको थियो ।