हेटौँडा : हेटौँडा–१० मा शुक्रबार सम्पन्न सामूहिक बेलविवाह समारोहमा सहभागी कन्याहरु । नेवारी समुदायमा छोरीहरु रजश्वला हुनुअघि सूवर्ण कुमार बेल विवाह (इही यज्ञ) गर्ने परम्परा छ । सूवर्ण कुमार बेल विवाह (इही यज्ञ) गुठीले सामूहिक बेलविवाह आयोजना गर्दै आएको छ । बनेपा, भक्तपुर र साँगाका गुरुहरुले बेल विवाह गराउनुभएको हो । यो वर्ष ५६ कन्याको सामूहिक बेलविवाह गरिएको हो ।











