उम्मेदवारी दर्ता गराउनुभएका महेश र रामेश्वर

हेटौँडा : आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट एमालेका उम्मेदवार रामेश्वर रानाले मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा गोपाल प्रसाद दाहाल र समर्थकमा इन्द्रमान स्याङ्तान रहनुभएको छ ।

त्यस्तै मकवानपुर– २ का लागि पुर्व सांसद महेश बर्तौलाले उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा राजाराम स्याङ्तान र समर्थकमा सुवासचन्द्र ठकुरी रहनुभएको छ ।