हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले ३० बेडको आइसोलेसन वार्ड बनाउने तयारी गरेको छ । कोरोना भाइरस सङ्क्रमित बढेमा उपचारका लागि सहज होस् भनेर बकैया गाउँपालिकाले स्थानीय महेन्द्र माविमा आइसोलेसन वार्ड निर्माण गर्न लागेको बकैया गाउँपालिकाका स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेलले जानकारी दिनुभएको छ ।

बकैया गाउँपालिकामा हालसम्म ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ जना सङ्क्रमित रहेकोमा १ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । तीन जना सक्रिय सङ्क्रमितहरु हेटौंडास्थित आइसोलेसन वार्डमा उपचाररत छन् । त्यसैगरी सङ्क्रमितहरुको सम्पर्कमा आएका ७३ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आइसकेको छ । चैतदेखि हालसम्म २०० जनाको स्वाब सङ्कलन गरेर परीक्षण गरसकेको स्वास्थ्य संयोजक प्याकुरेलले बताउनु भयो ।