हेटौँडा : हेटौँडा बजार लायन्स क्लब तथा लायन्स क्लब अफ हेटौँडा भुटनदेवीको संयुक्त आयोजनामा हेटौँडा–१० बुद्ध चोकमा खुला रक्तदान भएको छ । शुक्रबार भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका हुन ।
रक्तदान कार्यक्रममा नेपाली सेना, महिला तथा सर्वसाधारणको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । सोमबार पनि हेटौँडामा लायन्स क्लबको आयोजनामा रक्तदान हुँदैछ ।











