सांकेतिक तस्वीर ।

हेटौँडा : धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–७, सुकौराबेशीमा बाटोमा लडेर गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय रामप्रसाद पोखरेल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार दिउँसो १ बजेको समयमा पोखरेल आफ्नै घरको धारामा नुहाउन जाने क्रममा बाटोमा लडेर घाइते भएका थिए । घाइते वृद्धको जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । आर्थिक अवस्थाका कारण शुक्रबार दिउँसो १ बजे उनलाई पुनः जिल्ला अस्पताल धादिङबेशी ल्याइएको थियो । उपचारको क्रममा सोमबार बिहान ६ बजेर १५ मिनेटमा पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।