प्रहरीसँग भागेको कार र कार चालक ।

हेटौँडा : राजमार्गमा सुरक्षाजाँचका लागि खटिएका ट्राफिक प्रहरीसँग भाग्ने क्रममा ट्राफिक प्रहरीलाई घाइते बनाएर भागेको कारलाई पहिचान गरेर मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार साँझ ७ बजेर ४५ मिनेटको समयमा हेटौँडा–११, थानाभ¥याङस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि मापसे जाँचका लागि खटिएको प्रहरीसँग भाग्ने क्रममा कारको सिसामा अल्झिएर झण्डै १० मिटर टाढासम्म प्रहरी जवानलाई घिसारेको प्रहरीको भनाइ छ । मापसे जाँच गर्ने ब्रेथलाइजर पनि कारमै छुटेको थियो ।

नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको कारका चालकको मापसे जाँच गर्न खोज्दा भागेको कारलाई प्रहरीले शुक्रबार चितवन जिल्लाको भरतपुर महानगरबाट बा ६ च ८४०९ नम्बरको कार र चालक हेटौँडा–५, गर्र्दोईका ४६ वर्षीय बासुदेव आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले आचार्यको साथबाट ब्रेथलाइजर मेसिन पनि बरामद भएको छ । प्रहरीले आचार्यलाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।