हेटौंडाः बारा जिल्लामा प्रहरीले सुरक्षा जाँच गरिरहेको स्थानमा १६ लाख रुपैयाँ फ्यालेर मोटरसाइकल चालक फरार भएका छन् । आज बिहान ८ बजेको समयमा बारा जिल्लाको महागढीमाई नगरपालिका–७, बेनौलीमा प्रहरीले सुरक्षाजाँच गरिरहँदा बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई रोकी सुरक्षाजाँच गर्दा १६ लाख रुपैयाँ छाडेर मोटरसाइकल फरार भएको बारा प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकले छाडेर गएको झोलामा हेर्दा एक हजार रुपैयाँका ७६२ थान र पाँच सय रुपैयाँको १६७६ थान गरी जम्मा कुल १६ लाख रुपैयाँ बरामद भएको बारा प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।