सांकेतिक चित्रः गुगल ।

हेटौंडाः चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएकी हेटौंडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड ल्याबमा गरिएको परीक्षणमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ कि ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको अनलाइनखबरले उल्लेख गरेको छ ।

कलेजमा साउन ३२ गते उपचारका लागि भर्ना भएकी महिलाको शनिबार साँझ ७ बजेर २६ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको शनिबार साँझ नै पीसीआर परीक्षणको रिपोर्ट आउँदा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर कोभिड ल्याबले जानकारी दिएको छ । यता हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रामकुमार पुडासैनीले भने ३ नम्बर वडाकी महिलाको मृत्यु भएको जानकारी दिनुहुँदै आफूले वडाको को महिला हो भनेर बुझ्ने बताउनुभएको छ ।