हेटौँडा : गजल मञ्च मकवानपुरको २३१ औँ गजल यात्रा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षता तथा वरिष्ठ साहित्यकार, कवि एवं गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपाल, मकवानपुरको सभाहलमा सम्पन्न भएको हो ।
वरिष्ठ साहित्यकार तथा कवि आर. आर. चौलागाईं विशिष्ट अतिथिका रूपमा उपस्थित कार्यक्रममा मञ्चका संरक्षक/सल्लाहकार मुक्ति गोविन्द वैद्य, पूर्व अध्यक्ष तथा सल्लाहकार देवराज तिवारी, पूर्व अध्यक्ष मुस्कान तिमल्सिना, साहित्यकारहरू राजकुमार लामिछाने, राजुराम राउत लगायत मकवानपुरमा क्रियाशील विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
नियमित गजल यात्राका क्रममा राम कार्की, नवीन दर्लामी मगर, राजकुमार चौधरी, अजर फुयाँल, राजुराम राउत, मुस्कान तिमल्सिना, देवराज तिवारी, विशिष्ट अतिथि आर. आर. चौलागाईं तथा प्रमुख अतिथि तुलसी घिमिरे लगायतले आ–आफ्ना गजल वाचन, गायन तथा मन्तव्य प्रस्तुत गर्नुभएको थियो । मञ्चकी कोषाध्यक्ष स्वस्तिका दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य प्रविना प्रयासिले स्वागत मन्तव्य राख्नुभएको थियो ।











