हेटौँडा : पत्रकारितामा प्रविधि, लैङ्गीक सवेदनशीलता र पर्यापर्यटन प्रवर्धन विषयक एकदिने तालिम हेटौँडामा सम्पन्न भएको छ । बिहिबार सुनौलो सिसौट नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा तालिम सम्पन्न भएको हो ।
इन्टरनेशनल अलर्टको सहयोगमा भएको तालिममा पत्रकार रुपेश श्रेष्ठ र मकवानपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. निमेष निखिल प्रशिक्षकको भूमिकामा रहनुभएको थियो । तालिममा पत्रकार श्रेष्ठले पत्रकारितामा पछिल्लो समय आवश्यकता बन्दै गइरहेको प्रविधि, लैंगिक संवेदनशीलताको विषयमा र सहप्रध्यापक तथा साहित्यकार निमेष निखिलले सञ्चारमाध्यममा विकृति आइरहेको भाषाको विषयमा प्रशिक्षण दिनुभएको थियो । महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुवासचन्द्र बोहोरा, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष हरि हुमागाई, मकवानपुर शाखाका पूर्व अध्यक्ष राममणि दाहाल, सुनौलो सिसौट नेपालका अध्यक्ष अरुण प्रताप सिंहको आतिथ्य रहेको थियो ।











