सम्मेलनमा सहभागी सामुदायिक रेडियोका‌ सञ्चालकहरु ।

सौराहा (चितवन) : सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १९ औं वार्षिक साधारण सभा तथा सामुदायिक रेडियो सम्मेलन सुरु भएको छ। शुक्रबार पहिलो दिन ’सामुदायिक रेडियोको दिगोपन : प्रविधिगत परिवर्तन, समुदायसँगको सम्बन्ध र भविष्यका‌ बाटाहरु’ विषय केन्द्रित बहस भएको छ ।

चितवन जिल्लाको सौराहामा सुरु भएको सम्मेलनमा देशभरबाट २ सय भन्दा बढी प्रतिनिधि सहभागी छन् । सम्मेलनमा सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जबाट स्टेशन म्यानेजर सुरेश श्रेष्ठ सहभागी हुनुहुन्छ ।