हेटौँडा : हेटौँडा–९ स्थित प्रगति चोकमा स्कुटर, इभि गाडी र स्कार्पियो एक आपसमा ठोकिँदा ७ जना घाइते भएका छन् । बिहिबार बिहान ९ बजेर ४५ मिनेटको समयमा पूर्व–पश्चिम सडकखण्डमा हेटौँडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०१११ नम्बरको इभि गाडी ले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००६ प ९७५ नम्बरको स्कुटर र रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ च ४२७२ नम्बरको स्कार्पियो पिकअपलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
दुर्घटनामा इभिमासवार हेटौंडा–४ कर्राकी ३७ वर्षीया सरस्वती राणा, स्कार्पियोमा सवार भोजपुर षडानन्द नगरपालिका–१० का ६६ वर्षीय हेमसाङ तामाङ, उनकी श्रीमती ५९ वर्षीया राजकुमारी तामाङको हेटौंडा अस्पतालमा उपचार भई रहेको छ भने इभि चालक हेटौंडा–१५ रातोमाटेका २५ वर्षीय सुमन लामा, सवार मकवानपुरगढी–५ भालुखोलाका ७८ वर्षीय टिका प्रसाद तिमिल्सिना, स्कुटर चालक हेटौंडा–९ का ३९ वर्षीय दीपक रुम्बा तथा स्कुटर पछाडि सवार उनकी ५ वर्षीया छोरी ग्रेसी रुम्बाको मकवानपुर सहकारी अस्पतालमा उपचार गरिएका भई रहेको छ ।











