हेटौँडा : हेटौंडा बजार क्षेत्रको सडक विस्तार विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्धामा अन्य आदेश भएको छ । सर्वोच्च अदालतको इजलाश नम्बर २ मा शुक्रबार भएको बहस तथा छलफलमा सडक विस्तार सम्बन्धी मुद्धाका मिसिल झिकाउने आदेश भएको हो ।
डिभिजन सडक कार्यालय हेटौंडाको निर्णय विरुद्ध विन्दवासिनी कंसाकार समेतले १६ मंसिरमा दायर गरेको रिट निवेदनमाथि सर्वोच्चले सुनुवाइ गर्दै उक्त मुद्धा सम्बन्धी विगतमा भएका अदालतको निर्णय र विचाराधिन मुद्धाको मिसिल झिकाउने आदेश भएको हो । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा आगामी पुस २ गते पेशी तोक्दै अन्य आदेश गर्नुभएको हो । उक्त आदेश अनुसार आगमी पेशीमा सो मुद्धाका विगतका निर्णयहरु हरेर छलफल हुनेछ ।
रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकार समेत ६ जनाले डिभिजन सडक कार्यालय हेटौंडा, मकवानपुर सहितका निकायलाई विपक्षी बनाएर दायर गरेको उक्त मद्धामा मंसिर १९ मा उत्प्रेषण आदेश गरेको थियो ।











