हेटौँडा : दोस्रो पेनाल्टी सुटआउट प्रतियोगिता–२०८२ मंसिर २७ गते शनिबार हुने भएको छ । कर्रा युवा क्लबको आयोजनामा हेटौँडा–४ स्थित हुप्रचौरमा प्रतियोगिता हुनेछ ।

प्रतियोगिताको लागि टिम दर्ता शुल्क ३ हजार रुपैयाँ लाग्ने आयोजकको भनाइ छ । एउटा टिममा ६ जना खेलाडी राख्नुपर्ने छ । प्रतियोगितामा प्रथम हुने टिमले २२ हजार २ सय २२ रुपैयाँ र दोस्रो हुने टिमले ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।