हेटौँडा : मकवानपुरको बकैया गाउँपालिकामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो बकैया–९ स्थित बङ्दा खोलामा पौडी खेल्ने क्रममा ७ वर्षीय बालक अविराज घलानको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।