विद्यार्थीलाई कपी वितरण गर्नुहुँदै वडाध्यक्ष नेगी ।

हेटौँडा : बकैया गाउँपालिका–८ स्थित जनजागृति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सोमबार कपी वितरण गरिएको छ । वडा अध्यक्ष कपी बैंकबाट प्राप्त ७ सय ७७ थान कपी विद्यार्थीहरूलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक इशुचन्द्र घलानले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा १० सम्मका २ सय ३८ जना विद्यार्थीहरूलाई कपी वितरण गरिएको हो । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्न र पढाइमा उनीहरुलाई प्रोत्साहित गर्न वडा कार्यालयको लगानीमा कपी बैंकको स्थापना गरिएको प्रधानाध्यापक घलाने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फूलराज थिङको सभाध्यक्षतामा सम्पन्न कपी वितरण कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष विष्णु नेगीेको प्रमुख आतिथ्य थियो ।