हेटौंडाः नेपाल फोटो पत्रकार महासंघलाई ईसेवाले एक सय थान प्रेस ज्याकेट सहयोग गरेको छ । ईसेवाका प्रमुख बजार व्यवस्थापक युवराज विष्टले काठमाडौंमा आइतबार महासंघका केन्द्रीय अध्यक्ष ध्रुब आलेलाई प्रेस ज्याकेट हस्तान्तरण गर्नुभएको हो ।

समाचार प्रयोजनका लागि फोटो खिच्न कार्यक्षेत्रमा जानैपर्ने फोटोपत्रकारको सुरक्षाका लागि प्रेस ज्याकेटको माग बढेपछि महासंघले विभिन्न संस्थाहरुसँग सहयोग जुटाउन पहल गरिरहेको छ । महासंघको जिल्ला तथा प्रदेश समितिबाट माग भईआएका प्रेस ज्याकेट, मास्क र सेनिटाईजरहरु कार्यक्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा एफवन सफ्ट ईन्टरनेसनलका सीइओ शिशिर पछाई, नेपाल फोटो पत्रकार महासंघका उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरिप्रसाद रेग्मी, सहसचिव नरेश श्रेष्ठ र काठमाडौं शाखाका सचिव किरण पन्थ लगायत उपस्थित हुनुहुन्थ्यो ।