तस्वीरः गुगल ।

मकवानपुरमा कोरोना भाइरस सङक्रमणको वर्तमान अवस्था र यसको नियन्त्रणमा भइरहेका प्रयासहरू बारेमा केही जिज्ञासा उब्जिएको छ । जसलाई प्रश्नको शैलीमा यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु । मलाई जिज्ञासा लागेको कुरा तपाइँहरुमा पनि उब्जिएको हुन सक्छ । त्यस्ता जिज्ञासा भए प्रतिक्रिया जनाउन सक्नुहुन्छ ।

चिरञ्जीवी लामिछाने

मकवानपुरमा कोरोना भाइरस सम्बन्धी यथार्थ र अद्यावधिक सूचनाबाट सुसूचित हुन, कोरोना नियन्त्रणमा भए गरेका पहल कदमीबारे जानकार हुन तथा सम्बन्धित निकाय वा जिम्मेवार व्यक्तिहरु कुनै कुरामा चुकेका छन् भने सचेत गराउनका लागि तपाईँ हाम्रो पनि केही न केही भूमिका हुन सक्छ । प्रश्नहरु दिक्क लगाउने वा अप्ठेरो पार्ने मात्र हुन्छन् भन्ने छैन । समस्याको अवस्थामा सुधारको अपेक्षाको रुपमा आएका पनि हुन सक्छन् । नियमित रुपमा सञ्चार माध्यमबाट सूचना तथा जानकारी प्राप्त गर्न सकेमा मानिसहरू यसबारेमा जानकार मात्र हुने नभई यहाँका सम्बन्धित निकायहरु तथा सञ्चार माध्यमहरूप्रति जनविश्वास बढ्नमा पनि सहयोग पुग्ने थियो । प्रदेशको राजधानी हेटौँडा कोरोनाको राजधानी नबनोस् ।

मेरा ११ प्रश्नहरुः
१) मकवानपुरमा कोरोना सम्बन्धी आधिकारिक सूचना दिने निकाय कुन हो ?
२) मकवानपुरमा हरेक दिन कति व्यक्तिलाई कोरोना सङ्क्रमण भइरहेको छ ?
३) हरेक दिन कति व्यक्ति उपचारपछि घर फर्केका छन् ?
४) संक्रमित हुनेहरू कुन–कुन स्थानका छन् ? (संक्रमितहरू हाल बसोबास गरिरहेको स्थानीय तह, वडा नम्बर र सम्भव भए टोलसम्मको विवरण )
५) सङ्क्रमितहरू कुन ठाउँमा आइसोलेसमा बसिरहेका छन् ? (आफ्नै घर वा मापदण्डसहित बनाइएका आइसोलेसन वार्डमा )
६) सङ्क्रमितहरू घरमै आइसोलेसनमा बसेका छन् भने उक्त घरलाई सिल गरिएको छ कि छैन ?
७) संक्रमित हुनेहरुको उमेरगत, लिङ्गगत, पेशागत आदि अवस्था के कस्तो छ ?
८) हरेक दिन कति नमूना संकलन भइरहेको छ, कति वटा नमूना जाँच भएर रिपोर्ट आउने गरेको छ, संकलित नमूनामध्ये कति प्रतिशतमा संक्रमण देखिएको छ ?
९) कन्ट्याक्ट ट्रेसिङ वा यात्रा विवरण लिने काम कति प्रभावकारी रुपमा भइरहेको छ ?
१०) कोरोनाको शंकास्पद लक्षण देखिएका व्यक्तिले कहाँ सम्पर्क गर्ने ?
११) मकवानपुरमा कोरोनाप्रति जनमानसको सुरक्षा सतर्कता के–कस्तो छ, सार्वजनिक रूपमा सुरक्षा सतर्कतामा नअपनाई लापरवाही गर्नेलाई प्रशासनबाट के कस्तो कारबाही भईरहेको छ ?