र्‍यालीमा सहभागी साइकलयात्री ।

हेटौँडा : विश्व पोलियो दिवसको अवसरमा पोलियो विरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले रोटरी क्लब अफ हेटौँडाले हेटौँडामा साईकल र्‍याली निकालेको छ । शुक्रबार क्लबले आयोजना गरेको र्‍यालीमा हिमालयन राईडर्स सोसाइटी र साइकल सिटी हेटौँडामा आवद्ध साइकलप्रेमीको सहभागिता रहेको थियो । र्‍यालीमा एक सय २० जनाको सहभागिता रहेको रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो ।

साइकल र्‍याली बुद्धचोकबाट सुरु भएर कान्तिराजपथ हुँदै भैरवरोड, गर्दोई, कमाने, चिसापानी रंगशाला, पुतली बजार, चौघडा, सानोपोखरा हुँदै हेटौँडा–४, हुप्रचौरस्थित क्लबको भवनमा पुगेर समापन गरिएको थियो । समापन कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको उपस्थिति रहेको थियो । रोटरी क्लबले युनिसेफ र डब्लुएचओसँग सहकार्य गरेर विगत २५ वर्षदेखि पोलियो दिवसको अवसरमा विभिन्न कार्याक्रमहरुको आयोजना गदै आएको अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।