हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा–१९, बस्तिपुरबाट लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान ११ बजेर ३० मिनेटको समयमा रौतहट जिल्लाको गरुडा नगरपालिका–६, का १९ वर्षीय दुर्गा कुमार साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सडकमा शंकास्पद अवस्थामा हिडीरहेका साहलाई सुरक्षा जाँच गर्दा लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले साहको समथबाट ७ किलो ६५० ग्राम लागूऔषध गाँजा बरामद गरेको थियो । लागूऔषध गाँजासहित साहलाई नियन्त्रणमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।











