हेटौँडा : ब्रह्मकुमारी राजयोग केन्द्र हेटौँडाको आयोजनामा आइतबार मनहरीमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रम मनहरीको आमाघरमा आयोजना भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मकवानपुरका उपकुलपति प्राध्यापक डा. प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल र नेपाली सेनाका जवानहरुले पनि रक्तदान गरेका थिए । यसअघि विश्व बन्धुत्व दिवसको अवसरमा शुक्रबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा १ सय १४ जनाले रक्तदान गरेका थिए ।











