सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको कालिका नगरपालिका–५, खगेरी खोला कमिनी घाटमा खोलाले बगाएर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–५, भिमौली पार्क बस्ने ७२ वर्षीय डकुवा महत्तो रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

डकुवालाई बुधबार दिउँसो २ बजेको समयमा भैंसी गोठालो जाने क्रममा भैंसी खोलामा तारी आफू खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका थिए । डकुवालाई खोज तलास गर्दै जाँदा बिहीबार बिहान ८ बजेको समयमा खोलाले बगाएको स्थानबाट २ सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।