हेटौँडा : राक्सिराङ्ग गाउँपालिका–१ स्थित सुमन सिंह प्रजाको घर । यतिबेला सुमनकी श्रीमति सुत्केरी छिन् । पहिलो सन्तानको रुपमा साउन ५ गते प्रजा दम्पत्तिको छोरा जन्मिएको छ ।

सुत्केरीलाई सहयोग स्वरुप गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मंगलबार खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष मल्लले दाता खोजेर प्रजा दम्पत्तिका लागि घर बनाइदिने घोषणा समेत गर्नुभएको छ ।