हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–८, गुरुङटोलमा चितुवाले खोरमै पसेर एउटा खसी मारेको छ ।

मंगलबार राति वैज्ञानिक सामुदायिक वनबाट निस्किएको चितुवाले स्थानीय ५५ वर्षीय कर्णबहादुर थापा मगरको खोरमा रहेको खसीलाई आक्रमण गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । स्थानीयले चितुवा बस्ती नजिक आउन थालेको गुनासो गर्दै वन तथा प्रहरी प्रशासनसँग निगरानी र तत्कालीन सुरक्षाको माग गरेका छन् ।