हेर्टौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन जिल्लाको रत्ननगर नगरपालिका–३, स्थित शान्ति चोकमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मध्यराति १२ बजेर ३० मिनेटको समयमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको तरकारी लोड बोलेरो प्रदेश २–०२–००१ च ०५१० ले जनकपुरबाट काठमाण्डौंतर्फ जाँदै गरेको रात्री बसलाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको मोटरसाइकल (बा.प्र.०६–००१ प ३५०९) लाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक कालिका नगरपालिका–२, चितवन निवासी ३५ वर्षीय मुकुन्द कंडेल गम्भीर घाइते भएका थिए । कंडेललाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पु¥याइएको लगिएको थियो । उपचारका क्रममा शुक्रबार बिहान १ बजेर १९ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बोलेरो चालक कास्की लेखनाथ नपा–२७ का ३० वर्षीय हुमेश लामगाले र बोलेरोका मालिक माछापुच्छ्रे गा.पा–३, कास्कीका ३४ वर्षीय धु्रवराज पोखरेललाई नियन्त्रणमा लिइएको छ । दुर्घटनामा बोलेरो मालिक पोखरेलको बायाँ हातमा सामान्य चोट लागेको छ । दुर्घटनामा बसको ड्राइभर साइडको सिसा फुटेको भए पनि बसमा अन्य मानवीय क्षति भएको छैन र बसलाई गन्तव्यतर्फ पठाइएको छ ।











