चोरीको अभियोगमा पक्राउ परेका तीनजना ।

हेटौँडा : चोरीको अभियोगमा मकवानपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गत शनिबार हेटौँडा–१६, हटियास्थित शिवम् सिमेन्ट उद्योग परिसरबाट क्रसरको सापटको बुस चोरी भएको भन्ने उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।

चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा सर्लाही जिल्लाको बसबढिया गाउँपालिका–३ का २५ वर्षीय सुनिल कुमार यादव, रौतहट जिल्लाको गरुडा नगरपालिका–५ का २५ वर्षीय पवन यादव र २१ वर्षीय रितेश कुमार यादवलाई चोरी भएको भनिएको सामानसहित हेटौँडा–१५ बाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।