एसईईमा ४ जीपीए ल्याएका विद्यार्थीहरु सम्मानित भएपछि फोटो खिचाउँदै ।

हेटौँडा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरले एसईईमा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थी, शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय, ४ जीपीए ल्याउन सफल विद्यालयलाई सम्मान गरेको छ । मंगलबार हेटौँडामा एक समारोहका बीच विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो ।

२०८१ सालको एसईईमा मकवानपुर जिल्लाका ४ वटा विद्यालयबाट ५ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । ४ जीपीए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको प्याव्सनले संस्थागत र सामुदायिक दुबै विद्यालय र विद्यार्थीलाई सम्मान गरेको हो । प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको अध्यक्षता तथा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा विद्यार्थी सम्मान कार्यक्रम भएको हो ।