सांकेतिक तस्वीर ।

हेटौँडा : काभ्रे जिल्लाको बनेपा नगरपालिका–८, तिनधारामा ग्यास लिक भएर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गत मंगलबार बिहान ७ बजेको समयमा आफ्नै किचेनमा चिया बनाउन ग्यास बाल्ने क्रममा ग्यास लिक भई आगो लाग्दा ५१ वर्षीया चन्चली शाही घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडले जानकारी दिएको छ ।

ग्यास लिक भएर आगो लाग्दा चन्चलीको शरीरको विभिन्न ठाउँमा आगो लागेको थियो । महिलाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौंस्थित किर्तिपुर बर्न अस्पताल लगिएको थियो । उपचारको क्रममा चन्चलीको सोमबार बिहान २ बजेर ४५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।