हेटौँडा : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७, फिटिङपुल नजिक स्कुटर अनियन्त्रित भई सडकबाट खस्दा चालकको मृत्यु भएको छ । आइतबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा बिपि राजमार्गमा फिटिङपुलबाट सिन्धुलीतर्फ आउँदै गरेको अनटेस्ट स्कुटर अनियन्त्रीत भई सडकबाट २० फिट तल खसेर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा स्कुटर चालक ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२९ घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका–६ रातमाटा बस्ने १५ वर्षीय रितेश जोन्छे गम्भिर घाइते भएका थिए । घाइते रितेशको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारका लागि सिन्धुलीको सुनकोशी–६ आत्मिय अस्पताल लगिएकोमा राती ८ बजेर ४० मिमनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।











